ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > YOUNG CARER SOS कार्यक्रम

本文

YOUNG CARER SOS कार्यक्रम

ページID:0073421 更新日:2025年9月8日更新 印刷ページ表示

विभीन्न व्यक्तीगत कारणवश घरको ठुलो मानीसको सट्टामा घरायसी काम वा साना वाल वच्चाको स्याहार सुसार आदी गर्ने वालवालीकाहरुलाई YOUNG CARER भनीन्छ।पढाई लगायत साथीभाई सँग रमाऊने समय या वच्चाले व्यतीत गर्ने समय समेत नहुने गरी अत्याधीक भारमा परेका वालवालीका हरुलाई मध्यनजर गरी ताकासाकी नगरपालीकाले त्यस्तो भार वा जिम्मेवारी लाई कम गर्न का लागी 「YOUNG CARER SOS」भन्ने कार्यक्रम सञ्चालन गरीरहेको छ ।

सेवा सहायता प्रणालीको विषयमा

यो सेवा पुर्णरुपमा निशुल्क रहेको छ र विशेषगरी दैनीक घरायसी काम वा आफु भन्दा साना भाईबहीनी हरुको स्याहार सुसार गरीरहेका प्राथमीक विधालय देखी ऊच्च माध्यमीक विधालयमा अध्ययन गरीरहेका विधार्थी हरु लक्षीत रहेको छ।यसर्थ ति वीधार्थीहरुले यो सेवा एक दिनमा २ घण्टाका दरले हप्ताको २ दिन प्रयोग गर्न पाऊनेछन्।

सेवाको प्रकारहरु

२ जना सहयोगी हरु यस सेवा लिने विधार्थीको घरमा गई ऊक्त विधार्थीको घरायसी अवस्था अनुकुल सेवा सहायता प्रदान गर्नेछन्।

  • घरायसी कामकाज (जस्तै: घर सरसफाई、लुगा धुने、घरायसी किनमेल、खाना पकाऊने आदी)
  • आफु भन्दा साना भाईबहीनी हरुको स्याहार सुसार
  • वृद्दवृद्दा हरु भएको परीवार र शारीरीक अपाङ्गता भएको परीवारको स्याहार सुसार(जस्तै: खाना、दिशा पीसाव गराऊने、नुहाऊन सहयोग गर्ने、लुगा कपडा फेर्न सहयोग गर्ने ईत्यादी)

आवेदन दिने तरीका

विधालयको शैक्षीक विभागमा सम्पर्क गर्नुहोला। फोन अथवा ईमेल मार्फत पनी परामर्श गर्न सकीनेछ।

थपजानकारीका लागी

विधालय शैक्षीक विभाग YOUNG CARER सहायता अधीकारी

Tel: 027-321-1170 (विशेष नंवर)

Email: yc1170@city.takasaki.gunma.jp


Foreign Languages (外国語)