本文
ताकासाकी नगरपालीकाले फेव्रुअरी १ तारीख भित्र नगरपालीका भित्र ठेगाना दर्ता भएको प्रत्येक नागरीकलाई 「ताकासाकी नगरपालीका वस्तु खरीद गर्न सकीने कुपन」वितरण गर्ने भएको छ। मार्च महीनाको मध्य बाट क्रमवद्द रुपमा पठाईने छ।

ताकासाकी नगरपालीका वस्तु खरीद गर्न सकीने कुपनको नमुना
एक जना बराबर ६ हजार यनको कुपन बाँडीनेछ(500 यन कुपन×12प्रती)। परीवारको सदस्य हरु सबैको एकमुष्टमा पठाईनेछ। प्रयोग गर्ने अवधी बाँडीएको दिनबाट डिसेम्वर ३१ तारीख बिहीवार सम्म हुनेछ।
यो कुपन रेष्टुरेन्ट वा खुद्रा पसल गरी लगभग ३३०० वटा पसलहरुमा प्रयोग गर्न सकीनेछ। प्रयोग गर्न सकीने पसलहरुको नाम हेर्न सकीनेछ। यद्दपी प्रयोग गर्न सकीने पसलमा पनी पोस्टर टाँसीएको हुनेछ।

ऊधोग तथा व्यापार निती विभाग
Tel: 027-321-1255