ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > वच्चाको लागी २० हजार यन ऊपलव्ध गराऊने सम्बन्धी

本文

वच्चाको लागी २० हजार यन ऊपलव्ध गराऊने सम्बन्धी

ページID:0086205 更新日:2026年3月31日更新 印刷ページ表示

केन्द्रीय सरकारको आर्थीक नितीअनुरुप, 「मुल्य वृद्दीका लागी वालवच्चा पालणपोषण सहायता भत्ता」वितरण गरीने भएको छ। प्रती वच्चा २० हजार यन ऊपलव्ध गरीने यो भत्ता एक पटक मात्र वितरण गरीनेछ। वालभत्ता प्राप्त गरेको वैंक खातामा दिईनेछ। 

व्यक्तीह

2007 साल 4 महीना 2 तारीख~2026 साल 3 महीना 31 तारीख भित्र जन्मेको वालवच्चा पालनपोषन गरीरहेको व्यक्ती।  

आवेदनको लागी

आवेदन नदीएपनी हुने व्यक्ती

ताकासाकी नगरपालीका बाट २०२५ सेप्टेम्बर महिनाको (२०२५ सेप्टेम्बरमा जन्मिएका बालबालिकाका लागि अक्टोबर महिनाको) बाल भत्ता प्राप्त गर्ने व्यक्तिहरूलाई फेब्रुअरीको सुरुमा सूचना पत्र पठाइनेछ।
फेब्रुअरी २४ तारिख (मंगलबार) बाल भत्ता प्राप्त गर्ने बैंक खातामा रकम जम्मा गरिनेछ।

२०२५ अक्टोबर १ देखि २०२६ मार्च ३१ सम्म जन्मिएका बालबालिकाको हकमा,
बाल भत्ताको आवेदन प्रक्रिया पूरा भएपछि, भुक्तानी मिति आदि उल्लेख गरिएको सूचना पत्र क्रमशः पठाइनेछ।

आवेदन आवश्यक पर्ने व्यक्ति

ल उल्लेखित व्यक्तिहरूले फेब्रुअरी २७ तारिख (शुक्रबार) सम्म बाल तथा परिवार विभाग (こども家庭課) मा आवेदन बुझाउनुहोस्।
● कार्यस्थलमार्फत बाल भत्ता प्राप्त गरिरहेका सरकारी कर्मचारी (公務員)
● २०२५ अक्टोबर १ देखि २०२६ मार्च ३१ सम्म सम्बन्ध विच्छेद (सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको अवस्थामा समेत) का कारण नयाँ रूपमा बाल भत्ताको प्राप्तकर्ता बनेका व्यक्ति
बाल भत्ताको प्राप्तकर्ता परिवर्तनको प्रक्रिया सँगै बाल तथा परिवार विभागमा आवेदन दिनुहोस्।
● १८ वर्ष मुनिका बालबालिका हुर्काइरहेका तर बाल भत्ता प्राप्त नगरेका व्यक्ति (सरकारी कर्मचारी बाहेक)

घरेलु हिंसा (DV) को पीडाका कारण बालबालिकासँगै यस शहरमा शरण लिएका व्यक्तिहरूले आवेदन गरेमा बाल भत्ता प्राप्त गर्न सक्ने सम्भावना हुन्छ।
पाउने/नपाउने विषयमा छिटो बाल तथा परिवार विभागसँग परामर्श गर्नुहोस्

ठगीप्रति सावधानी

यस भत्ताको भुक्तानीसँग सम्बन्धित रूपमा,
नगरपालिकाबाट तपाईंको घर वा कार्यस्थलमा सोधपुछका लागि सम्पर्क हुन सक्छ।
तर, ATM सञ्चालन गर्न भनिने छैन भत्ता पाउन शुल्क तिर्नु भनिने छैन
यदि शंकास्पद फोन आएमा, तुरुन्तै बाल तथा परिवार विभागको काउन्टर,नजिकको प्रहरी कार्यालय, वा प्रहरी परामर्श विशेष नम्बर(#9110 मा सम्पर्क गर्नुहोस्। )

सम्पर्क

्रणाली सम्बन्धी जानकारी

बाल तथा परिवार एजेन्सी (こども家庭庁) कोल सेन्टर
Tel: 0120-252-071

आवेदन सम्बन्धी

ताकासाकी सिटी हल – बाल तथा परिवार विभाग
Tel: 027-321-1247


Foreign Languages (外国語)