ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > नवजात शिशुको जन्म बधाई भत्ता प्रदान गरिने 

本文

नवजात शिशुको जन्म बधाई भत्ता प्रदान गरिने 

ページID:0086214 更新日:2026年3月31日更新 印刷ページ表示

ताकासाकी सिटीले २०२६ मार्च ३१ सम्म स्वास्थ्य बीमाले कभर नगर्ने सामान्य प्रसूतिका लागि गर्भवती महिलालाई प्रति व्यक्ति ५०,००० येन सहयोग प्रदान गर्दै आएको थियो।अब अप्रिलदेखि नयाँ “जन्म बधाई भत्ता” कार्यक्रम सुरु हुनेछ।

यस भत्तामा सिजेरियन, बिना पीडा प्रसूति लगायत कुनै पनि प्रकारको प्रसूति भए पनि ताकासाकी शहरमा जन्मिएका सबै बच्चा र उनीहरूको परिवारलाई बधाई तथा सहयोग स्वरूप प्रदान गरिने रकम निम्नानुसार रहेको छ | प्रति नवजात शिशु ३०,००० येन (जुम्ल्याहा बच्चा भए ६०,००० येन)

योग्यता

िम्न शर्त पुरा गरेका व्यक्तिहरु आवेदन का लागि योग्य हुनेछन २०२६ अप्रिल १ पछि जन्मिएको बच्चा, पहिलो पटक ताकासाकी शहरमा आवासीय दर्ता भएको बच्चा।

जन्म दर्ता गरेपछि पठाइने “शिशु स्वास्थ्य परीक्षण सूचना” पत्रमा भत्ताको सूचना समावेश हुनेछ।भुक्तानी जुलाईबाट सुरु हुनेछ।अप्रिल–जुनमा जन्मिएका बच्चाहरूलाई पनि पछि फर्केर (retroactive) भुक्तानी गरिनेछ।

प्रयोग गर्ने तरिका

यो भत्ता प्रयोग गर्न “J-Coin Pay” मोबाइल एप आवश्यक हुन्छ।
यो एपमार्फत पैसा प्राप्त गरेर ताकासाकी शहरका सहभागी पसलहरूमा प्रयोग गर्न सकिन्छ।
एप दर्ता गर्ने तरिका र प्रयोग गर्न सकिने पसलहरूको सूची यहाँ बाट हेर्नुहोला।

(जापानी भाषामा मात्र उपलब्ध)

थप जानकारीका लागी

स्वास्थ्य विभाग (健康課)


Tel: 027-381-6114


Foreign Languages (外国語)