本文
साधारण सवारी कर तथा हल्का सवारी कर सम्बन्धी कर भुक्तान सूचना प्रत्येक वर्ष मे महिनाभित्र पठाइन्छ।
भुक्तानी गर्ने अन्तिम मिति जुन १ (सोमबार) सम्म रहेको छ यसर्थ कृपया समयमै कर तिर्नुहोला।
ताकासाकी नगरपालीका ले शारीरिक, बौद्धिक वा मानसिक अपाङ्गता भएका व्यक्ति तथा युद्धका कारण घाइते/अशक्त भएका व्यक्तिले प्रयोग गर्ने हल्का सवारी साधनको कर, निश्चित सर्तहरू पूरा भएको अवस्थामा छुट दिनेछ।
यद्दपी निम्नमध्ये कुनै सुविधा पाइरहेका व्यक्तिहरू कर छुटको दायरामा पर्ने छैनन्।
कर छुटको आवेदन दिने व्यक्तिले जुन १ (सोमबार) भित्र आवेदन दिनुपर्छ।
तलका कागजातहरू नगरपालिकाको दोस्रो तल्लामा रहेको कर सम्पत्ति विभाग वा प्रत्येक शाखा कार्यालयको कर विभागमा लिएर जानुहोस्।
•सवारी साधन कर सम्बन्धी:
ताकासाकी प्रान्तीय कर प्रशासन कार्यालय
फोन: 027-322-6297
•हल्का सवारी साधन कर सम्बन्धी:
सम्पत्ति कर विभाग
फोन: 027-321-1217