本文
ताकासाकी नगरपालीका ले प्रत्येक वर्ष जुन महिनामा स्थानीय वसोवास कर सम्बन्धी सूचना पत्र पठाउँदछ।
यसमा चालु आर्थिक वर्षको स्थानीय वसोवास कर को रकम आदि सम्बन्धी जानकारी हुन्छ।
तर, कर भुक्तानी आवश्यक नपर्ने “परिवारलाई भने सूचना पत्र पठाइने छैन।
स्थानीय वसोवास कर भुक्तान गर्ने दुईवटा तरिका छन्।
साधारण भुक्तानीमा वर्षको ४ पटकमा कर भुक्तान गर्नुपर्छ। किस्ता संख्या कम भएकाले, प्रत्येक पटक तिर्नुपर्ने रकम बढी हुन्छ।
साधारण भुक्तानी गर्ने व्यक्तिलाईताकासाकी नगरपालीका ले प्रत्येक वर्ष जुन महिनामा भुक्तानी पर्चा पठाउँछ।कृपया तोकिएको समयभित्र तिर्नुहोस्।तपाईंले सुविधा स्टोरमा वा स्वचालित बैंक स्थानान्तरण मार्फत भुक्तानी गर्न सक्नुहुन्छ।
विशेष भुक्तानीमा स्थानीय वसोवास कर प्रत्येक महिनाको तलबबाट स्वतः काटिन्छ।
साधारण भुक्तानीसँग तुलना गर्दाभुक्तानी संख्या बढी हुन्छत्यसैले प्रत्येक महिनाको रकम कम हुन्छ।
ागरीक कर विभाग
फोन: 027-321-1218
वा प्रत्येक शाखा कार्यालय को कर विभागमा सम्पर्क गर्नुहोस्