本文
यसकालागी पहीलो वर्षको आम्दानी कम हुनाले पेन्सन र विमा रकमको भुक्तानी गर्न गाह्रो हुने व्यक्तीहरु योग्य हुनेछन्। यो छुट प्रणाली लाई ४ भागमा वर्गीकरण गरीएको छ:पुर्ण रुपमा छुट,४ भागको ३ भाग छुट,आधा छुट र ४ भागको १ भाग छुट।छुट आवेदनका लागी योग्य होकी होईन भनेर निज व्यक्ती ,पती वा पत्नी त्यसपछी घरमुलीको आम्दानी हेरेर निष्कर्श निकालीनेछ।
हरेक वर्षको जुलाईमा ,अगाडी २वर्ष १ महीना सम्मको भागको आवेदन दिन सकीनेछ। आवश्यक कागजात हरु को साथमा वीमा तथा पेन्सन विभाग(पहीलो तल्ला को १५ नंवर)अथवा नगरपालीकाको प्रत्येक शाखा कार्यालयको नागरीक कल्याण विभागमा जानुहोस्।
साधारणतया प्रत्येक वर्ष आवेदन नवीकरण गर्न जरुरी हुनेछ यद्दपी पहीलो वर्ष पुर्ण छुट भएमा नवीकरण गर्न आवश्यक हुनेछैन। जापान पेन्सन सेवा बाट आएको जानकारी हेर्नुहोला।
बीमा तथा पेन्सन विभाग
फोन: 027-321-1238