本文
२०२६ अप्रिलदेखि ताकासाकी नगरपालिका अन्तर्गतका प्राथमिक विद्यालय, माध्यमिक विद्यालय तथा विशेष सहयोग विद्यालयहरूमा विद्यालय खाजाको शुल्क निःशुल्क गरिएको छ। आवेदनका लागी कुनै प्रक्रिया आवश्यक छैन।
विद्यालय खाजाको शुल्क सम्बन्धी अनुदान नयाँ रूपमा सुरु गरिएको छ। खाना एलर्जी जस्ता कारणले दैनिक रूपमा घरबाट खाना (बेन्तोऊ) ल्याउने बालबालिका वा लामो समय सम्म अनुपस्थितिका कारण विद्यालयको खाना सेवा नलिने बालबालिकाका अभिभावकहरू यसका लागि योग्य हुन्छन्।अनुदान
अनुदान रकम: मासिक ५,२०० येन अधिकतम ११ महिना सम्म प्रदान गरीनेछ।
यो रकम ताकासाकी शहरको डिजिटल स्थानीय कुपन “ताकासाकी कुपन” मार्फत प्रदान गरिनेछ।यसलाई कसरी रिडिम गर्ने र प्रयोग गर्ने भन्ने बारे थप जानकारीको लागि कृपया शहरको वेबसाइट यहाँ हेर्नुहोस् (जापानी भाषामा मात्र)।
स्वास्थ्य शिक्षा विभाग
फोन: ०२७-३२१-१२९४