本文
पहिले ताकासाकी नगरपालीका तथा प्रत्येक शाखा कार्यालयमा शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन पनी बिहान ८:३० देखि साँझ ५:१५ सम्म केही सेवाहरू उपलब्ध थिए (जस्तै: विवाह/सम्बन्ध विच्छेद दर्ता कागजात स्वीकार गर्ने, दाहसंस्कार अनुमति पत्र जारी गर्ने आदि)। यद्दपी यी अतीरीक्त दिनका सेवाहरू मे ३१ बाट समाप्त हुने भएका छन्। अबदेखि यी सेवाहरू केवल मुख्य नगरपालीका को कार्यालय (मुख्य भवन) मा मात्र उपलब्ध हुनेछन्।
साथै, गुन्मा शाखा र योशिइ शाखामा सञ्चालन हुँदै आएको अतिरिक्त समयको सेवा पनि बन्द गरिने भएको छ।
गुन्मा शाखामा शनिबार बिहान ८:३० देखि दिउँसो १२:०० सम्म सञ्चालन हुने सेवा मे ३० (शनिबार) बाट समाप्त हुनेछ।
योशिइ शाखामा बुधबार साँझ ५:१५ देखि ७:०० सम्म सञ्चालन हुने अतिरिक्त सेवा मे २७ (बुधबार) बाट समाप्त हुनेछ।
यस समयावधिमा आवश्यक पर्ने बासिन्दा प्रमाणपत्र, परिवार दर्ता (कोसेकि) प्रतिलिपि तथा केही कर सम्बन्धी प्रमाणपत्रहरूका लागि माई नंवर कार्डको प्रयोग गरी कन्विनी बाट वा ताकासाकी स्टेसन नागरीक सेवा केन्द्र बाट यो सेवा प्रयोग गर्न सक्नुहुनेछ।
उक्त सेवा केन्द्रको समय: सोमबारदेखि शनिबारसम्म बिहान १०:०० देखि राति ८:०० सम्म।
कर्मचारी विभाग
फोन: 027-321-1209