本文
वाल हेरचाह केन्द्र तथा मान्यता प्राप्त बाल हेरचाह केन्द्र मा भर्नाका लागि वर्षभरि जुनसुकै समयमा आवेदन दिन सकिन्छ।
आवेदन प्रत्येक महिनाको २० तारिखसम्म स्वीकार गरिन्छ र भर्ना हुने/नहुनेबारे सामान्यतया २ हप्ताभित्र जानकारी गराईन्छ। यसले अभिभावकको चिन्ता कम गर्न सहयोग पुर्याउँछ।
तलका व्यक्तिहरूले अग्रिम आरक्षण आवेदन दिन सक्नेछन्।
गर्भवती महिलाले पनि बच्चा जन्मिनुअघि आवेदन दिन सक्नेछन्।आवेदन गर्नु अघि आमा-बच्चा स्वास्थ्य पुस्तिका प्राप्त गरेको हुनुपर्छ।
यदि कुनै विशेष वाल हेरचाह केन्द्रमा धेरै आवेदन परेमा, अभिभावकको रोजगारी अवस्था आदि हेरेर आवश्यकताको आधारमा क्रमशः भर्ना गरिन्छ। इच्छुक व्यक्तिलाई भर्ना खाली स्थान भएको वालवच्चा हेरचाह केन्द्र पनि परिचय गराइन्छ।
अबदेखि जागिर खोज्न सुरु गर्ने व्यक्ति आदि, काम सुरु गर्ने मिति निश्चित नभए पनि आवेदन दिन सकिननेछ यद्दपी काम निश्चित भइसकेका व्यक्तिहरूलाई प्राथमिकता दिइने भएकाले, जागिर खोज्दै गरेका अभिभावकको अवस्थामा तुरुन्तै भर्ना नहुन सक्छ।
भर्ना खाली स्थान भएका वाल हेरचाह केन्द्रको जानकारी पनि दिइन्छ।
भर्ना गराउने महिना निश्चित भएपछि वा घर/कामको कारण आकस्मिक रूपमा भर्ना आवश्यक परेमा, पहिले सम्पर्क गर्नुहोस्।
आवेदन विधि तथा खाली स्थानको जानकारी ताकासाकी नगरपालीका को वेबसाईट ताकासाकी शहरको आधिकारिक वेबसाइट। मा हेर्न सक्नुहुनेछ।