ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > कर भुक्तानी परामर्श काउन्टरबारे

本文

कर भुक्तानी परामर्श काउन्टरबारे

ページID:0090653 更新日:2026年5月29日更新 印刷ページ表示

ताकासाकी नगरपालीकाको कर विभाग ( दोस्रो तला, काउन्टर नं. ३४) मा कर सम्बन्धी परामर्श सेवा उपलब्ध छ। यहाँ कर तिर्ने समय, भुक्तानी गर्ने तरिका, वा कर तिर्न कठिनाइ भइरहेको अवस्थाबारे परामर्श लिन सकिन्छ। साथै, जापानी भाषामा परामर्श गर्न गाह्रो भएमा ताकासाकी विदेशी नागरिक परामर्श सहायता केन्द्रका कर्मचारीले सँगै गएर अनुवादको सहयोग गर्न सक्छन्।

कार्यालय समय

ताकासाकी नगरपालीका सार्वजनीक बिदा बाहेक हरेक कार्यदिन बिहान ८:३० देखि साँझ ५:१५ बजेसम्म खुला हुन्छ। तर, कर विभागको काउन्टर भने बैंक बन्द भएपछि वा काम सकेपछि पनि कर तिर्न सकियोस् भनेर साँझ ७:०० बजेसम्म खुला राखिन्छ।

※ ध्यान दिनुहोस्: ताकासाकी विदेशी नागरिक परामर्श सहायता केन्द्रको कार्यालय समय सिटी हलकै जस्तै भएकाले साँझ ५:१५ पछि आउँदा अनुवाद सेवा उपलब्ध हुनेछैन।

आइतबारकोी

ताकासाकी नगरपालीका शनिबार र आइतबार बन्द हुनेछ। तर, कर विभागको काउन्टर प्रत्येक महिनाको अन्तिम आइतबार खुला हुनेछ। स्थान दोस्रो तलाको, काउन्टर नं. ३४ हो। समय बिहान ८:३० देखि साँझ ५:१५ बजेसम्म रहेको छ।

२०२६ साल (रेइवा ८ वर्ष) को सञ्चालन मिति
मिति

4 अप्रिल 26

10 अक्टोबर 25

5 मे 31

11 नोभेम्बर 29

6 जुन 28

12 डिसेम्बर 27

7 जुलाई 26 

1 जनवरी 31 (अर्को वर्ष)

8 अगस्ट 30

2 फेब्रुअरी 28 (अर्को वर्ष)च

9 सेप्टेम्बर 27

3 मार्च 28 (अर्को वर्ष)

सम्पर्

कर विभाग

Tel: 027-321-1224


Foreign Languages (外国語)