ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > स्वास्थ्य प्रवर्द्धन जाँच कुपन बारे

本文

स्वास्थ्य प्रवर्द्धन जाँच कुपन बारे

ページID:0093739 更新日:2026年7月10日更新 印刷ページ表示

ाकासाकी नगरपालीकाले प्रत्येक वर्षको अप्रिल महिनामा सबै घरपरिवारलाई स्वास्थ्य प्रवर्द्धन जाँच कुपन वितरण गर्दछ।

यो कुपन प्रयोग गरेर केही प्रकारका क्यान्सर परीक्षण, १९–३९ वर्ष उमेरका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, तथा जीवनशैलीसम्बन्धी रोगहरूको स्वास्थ्य परीक्षण मा लाग्ने खर्चको आंशिक अनुदान प्राप्त गर्न सकिन्छ। विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्।

मिति, शुल्क र स्थान

िस्तृत जानकारीका लागि 「स्वास्थ्य मार्गदर्शिक」 हेर्नुहोस् (जापानी भाषामा मात्र उपलब्ध)।
※ ताकासाकी नगरपालीकाले प्रत्येक वर्षको अप्रिल महिनामा यो पुस्तिका पनि सबै घरपरिवारमा वितरण गर्दछ। यसमा स्वास्थ्य परीक्षणको तालिका, शुल्क तथा परीक्षण गर्न सकिने स्वास्थ्य संस्थाहरूको जानकारी दिइएको हुन्छ।

​​संयुक्त क्यान्सर परीक्षण 

※ चिन्ह (※) लागेको परीक्षणहरू एउटै दिनमा अन्य परीक्षणहरूसँगै गराउन सकिन्छ।

मे देखि सेप्टेम्बरसम्म परीक्षणको लागी सिट आरक्षण गर्न चाहनुहुन्छ भने, तलका नम्बरहरूमा फोन गर्नुहोस्।
027-381-6114वा 027-381-6115
कार्यालय समय: कार्यदिवस (सोम–शुक्र) बिहान ८:३० देखि साँझ ५:१५ सम्म।

परीक्षण र लक्षित व्यक्तिहरू
परीक्षणहरू योग्य व्यक्तिहरू
छाती (फोक्सोको क्यान्सर तथा क्षयरोग) परीक्षण ※ ४० वर्ष वा सोभन्दा माथिका व्यक्ति
ूलो आन्द्राको क्यान्सर परीक्षण ※
पेटको क्यान्सर (बेरियम) परीक्षण ※
पेटको क्यान्सर (एन्डोस्कोपी) परीक्षण अघिल्लो आर्थिक वर्षमा ताकासाकी नगरपालीकामा यो परीक्षण नगरेका ४०, ४५, ५० वर्ष वा सोभन्दा माथिका व्यक्ति
पेटको क्यान्सर जोखिम परीक्षण (ग्यास्ट्रिक रिस्क)※ २०१९ अप्रिलपछि ताकासाकी नगरपालीकामा यो परीक्षण नगरेका ४०, ४५, ५० वर्ष वा सोभन्दा माथिका व्यक्ति
प्रोस्टेट क्यान्सर परीक्षण※ ५० वर्ष वा सोभन्दा माथिका पुरुष
पाठेघरको मुखको क्यान्सर परीक्षण ※ ४०  वर्ष वा सोभन्दा माथिका महिला (३० र ३५ वर्षका महिलाले चाहेमा HPV परीक्षण निःशुल्क गराउन सक्छन्।)
स्वास्थ्य परीक्षण (हत्सुरात्सु) १९–३९ वर्ष उमेरका व्यक्ति
वयस्क दन्त परीक्षण ३०, ४०, ५०, ६० वा ७० वर्षका व्यक्ति
हेलिकोब्याक्टर पाइलोरी (पाइलोरी) परीक्षण पहिले कहिल्यै परीक्षण नगरेका २०–३९ वर्ष उमेरका व्यक्ति
हेपाटाइटिस भाइरस परीक्षण पहिले कहिल्यै परीक्षण नगरेका ४०–७५ वर्ष उमेरका व्यक्ति
अस्थि घनत्व (हड्डीको मजबुती) परीक्षण ४०, ४५, ५०, ५५, ६०, ६५ वा ७० वर्षका महिला

​*※ बेरियम परीक्षण र एन्डोस्कोपी दुवैका लागि योग्य हुने व्यक्तिले यीमध्ये कुनै एक परीक्षण मात्र गराउन सक्छन्।


Foreign Languages (外国語)