ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > ाष्ट्रिय स्वास्थ्य बीमा सम्बन्धी सूचना

本文

ाष्ट्रिय स्वास्थ्य बीमा सम्बन्धी सूचना

ページID:0094504 更新日:2026年7月28日更新 印刷ページ表示

ताकासाकी नगरपालीकाले प्रत्येक वर्ष जुलाई महिनामा राष्ट्रिय स्वास्थ्य बीमा मा सहभागी भएका व्यक्तिहरूलाई आवश्यक सूचना हुलाकमार्फत पठाउँछ। कृपया तपाईंलाई लागू हुने सूचना जाँच गर्नुहोस्।

राष्ट्रिय स्वास्थ्य बीमा शुल्क तिर्ने सूचना

आर्थिक वर्ष २०२६ (जुलाई २०२६ – जुन २०२७) का लागि राष्ट्रिय स्वास्थ्य बीमाको बीमा कर तथा उत्तरवर्ती वृद्ध स्वास्थ्य सेवा को बीमा शुल्क निर्धारण गरिएको छ।
बीमा कर/बीमा शुल्क निर्धारण सूचना तथा भुक्तानी सूचना तपाईंलाई हुलाकमार्फत पठाइनेछ।कृपया तोकिएको मितिभित्र बीमा शुल्क तिर्नुहोस्। तपाईंले यहाँ भुक्तानी तालिका जाँच गर्न सक्नुहुन्छ।

विभिन्न प्रकारका योग्यता पुष्टि सम्बन्धी कागजात

नयाँ योग्यता पुष्टि सम्बन्धी कागजात र सूचना पठाइनेछ। अगस्ट महिनादेखि प्रयोग गर्नुहोस्।

ाष्ट्रिय स्वास्थ्य बीमाको योग्यता पुष्टि पत्र

  लक्षित व्यक्ति: राष्ट्रिय स्वास्थ्य बीमामा सहभागी भएका माइना स्वास्थ्य बीमा कार्ड नभएका व्यक्तिहरू
यो कागजात घरमूली को नाममा पठाइनेछ।

ाष्ट्रिय स्वास्थ्य बीमाको योग्यता सम्बन्धी सूचना 

लक्षित व्यक्ति:राष्ट्रिय स्वास्थ्य बीमामा सहभागी भएका माइना स्वास्थ्य बीमा कार्ड भएका व्यक्तिहरू (७० वर्षभन्दा कम उमेरका र यो सूचना पहिले नै प्राप्त गरिसकेका व्यक्तिहरू बाहेक)। यो सूचना घरमूली लाई पठाइनेछ।

ज्येष्ठ नागरीक स्वास्थ्य सेवाको योग्यता पुष्टि पत्र 

​​लक्षित व्यक्ति: ८५ वर्ष वा सोभन्दा माथिका सबै व्यक्ति ८४ वर्ष वा कम उमेरका तर दैनिक रूपमा माइना स्वास्थ्य बीमा कार्ड प्रयोग नगर्ने व्यक्ति यो कागजात बीमित व्यक्ति लाई पठाइनेछ।

※ "नियमीत प्रयोगकर्ता " भन्ने मापदण्ड अप्रिल २०२६ सम्ममा तलका दुवै सर्त पूरा गरेको भएमा नियमित प्रयोगकर्ता मानिनेछ। 1) पछिल्लो १ वर्षमा कम्तीमा ६ पटक प्रयोग गरेको। 2) पछिल्लो ३ महिनाभित्र कम्तीमा १ पटक प्रयोग गरेको।

ज्येष्ठ नागरीक स्वास्थ्य सेवाको योग्यता सम्बन्धी सूचना 

लक्षित व्यक्ति: ८४ वर्ष वा कम उमेरका नियमित रूपमा माइना स्वास्थ्य बीमा कार्ड प्रयोग गर्ने व्यक्तिहरू यो सूचना बीमित व्यक्ति लाई पठाइनेछ।

※ "नियमीत प्रयोगकर्ता " भन्ने मापदण्ड अप्रिल २०२६ सम्ममा तलका दुवै सर्त पूरा गरेको भएमा नियमित प्रयोगकर्ता मानिनेछ।1) पछिल्लो १ वर्षमा कम्तीमा ६ पटक प्रयोग गरेको। 2) पछिल्लो ३ महिनाभित्र कम्तीमा १ पटक प्रयोग गरेको

विभिन्न प्रकारका सहायता प्राप्तकर्ता प्रमाणपत्

याँ सहायता प्राप्तकर्ता प्रमाणपत्र तथा सूचना पठाइनेछ।यो प्रमाणपत्र निम्न व्यक्तिहरूलाई प्रदान गरिन्छ। एकल अभिभावक परिवार ज्येष्ठ नागरिक गम्भीर शारीरिक वा मानसिक अपाङ्गता भएका व्यक्ति आदि। कृपया अगस्ट महिनादेखि नयाँ प्रमाणपत्र प्रयोग गर्नुहोस्।

सम्पर्क

मुख्य कार्यालय को बीमा तथा पेन्सन विभाग मा सम्पर्क गर्दा विषयअनुसार फोन नम्बर फरक हुनेछ।
शाखा कार्यालय सम्बन्धी सेवाका लागि सम्बन्धित नागरिक तथा सामाजिक कल्याण विभागमा सम्पर्क गर्नुहोस्।

  • राष्ट्रिय स्वास्थ्य बीमा कर सम्बन्धी : 027-321-1235
  • राष्ट्रिय स्वास्थ्य बीमाबाट प्राप्त हुने सेवाहरू : 027-321-1236
  • राष्ट्रिय स्वास्थ्य बीमाको योग्यता तथा अन्य विषय : 027-321-1235
  • ज्यष्ठ नागरीक स्वास्थ्य सेवा तथा कल्याण चिकित्सा : 027-321-123

Foreign Languages (外国語)