本文
यदी अचानक तँपाई वा अरु कसैको स्वास्थ्य अवस्था खराव हुँदा वा कुनै चोटपटक लाग्दा एम्वुलेन्स बोलाँऊने वा अस्पताल जाने भनेर द्वुविधा भएमा गुन्मा प्रान्त आपत्कालीन स्वास्थ्य परामर्श केन्द्र मा फोन गर्नसक्नुहुनेछ। त्याँहा तैनाथ स्वास्थ्य परामर्शदाता वा स्वास्थ्य विशेषज्ञ द्वारा चौबीसै घण्टा फोनबाट सल्लाह सुझाव प्रदान गर्नेछन्। त्यही सुझाव अनुरुप तँपाईलाई निर्णय गर्न सहज हुनेछ। परामर्श पुर्णरुपमा निशुल्क हुनेछ यद्दपी फोन गर्दा लाग्ने फोनशुल्क भने आँफैले व्यहोर्नु पर्नेछ।