ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > ताकासाकी नगरपालीका द्वारा तोकीएको आपतकालीन आश्रयस्थल सम्बन्धी

本文

ताकासाकी नगरपालीका द्वारा तोकीएको आपतकालीन आश्रयस्थल सम्बन्धी

ページID:0097575 更新日:2026年9月18日更新 印刷ページ表示

प्राकृतीक प्रकोपले आपतकालीन स्थीती आएमा केही समयका लागी सुरक्षीत स्थानमा भाग्नुपर्ने अवस्था हुन सक्छ। प्राकृतीक प्रकोप कहीले र कुनबेला आईपर्छ थाहा नहुने हुँदा जुनसुकै बेला वा जुनसुकै परीस्थीतीमा पनी सुरक्षीत स्थानमा भाग्न सक्नेगरी तैयारी गरौँ। सर्वप्रथम सुरक्षीत रुपमा भाग्न सकीने नजीकको आश्रयस्थलको जानकारी लिएर राखौँ। 

ताकासाकी नगरपालीका द्वारा तोकीएको आश्रयस्थल

नगरपालीका द्वारा तोकीएको आश्रयस्थल,विपद्को वेलामा सुरक्षीतरुपमा प्रयोग गर्न सकीयोस् भनी सुनिश्चीत गरीएको स्थान हो। केहीगरी आकस्मीक प्राकृतीक विपद् मा पर्दा नजीकैको आश्रयस्थल प्रयोग गर्न सकीनेछ यद्दपी प्राकृतीक विपत्ती जस्तै आँधीबेहेरी,बाढीपहीरो वा भुकम्प जस्ता विपद अनुसार प्रयोग गर्न सकीने आश्रयस्थल फरक हुन सक्नेछ त्यसैले तोकीएको आश्रयस्थल को विस्तृत विवरण याँहाबाट हेर्नुहोला। 
(जापानीज भाषामा मात्र)

घरपालुवा जनावरको आश्रयस्थल सम्वन्धमा

प्राकृतीक विपत्तीको असर नपरी यदी घरैमा जिवनयापन गरी बस्न सकीन्छ भने आश्रयस्थलमा आऊन आवश्यक छैन।विपद्को बेलामा घरपालुवा जनावरलाई पनी साथमा लिएर सुरक्षीत आश्रयस्थलमा जान सकीन्छ यद्दपी तोकीएको आश्रयस्थल भएको खण्डमा भवन भित्र घरपालुवा जनावरलाई लान भने प्रतीवन्ध लगाईएको छ। प्रत्येक आश्रयस्थलको बाहीरपट्टी घरपालुवा जनावर राख्नका लागी ठाँऊ तोकीएको छ यसर्थ घरपालुवा जनावरलाई केस वा क्रेटमा राखेर ऊक्त ठाँऊमा राख्नुहोला।साथै दानापानी दिने र त्यस ठाँऊको सरसफाई साधारणतया ऊक्त जनावर पाल्ने व्यक्तीको जिम्मेवारीमा हुनेछ। 

सवारी साधनभित्र आश्रयस्थल

सवारी साधनभित्र आश्रयस्थल भनेको तोकिएको आश्रयस्थलबाहेक आफ्नो गाडीमा बसेर आश्रय लिन सकिने स्थान हो। गोपनीयता कायम गर्न, घरपालुवा जनावरको हेरचाह गर्नलगायत विभिन्न कारणले यसको प्रयोग गर्न सकिन्छ।
सवारी साधनभित्र आश्रयस्थलहरूको सूची यहाँबाट विस्तृत रूपमा हेर्न सकिन्छ। (जापानी भाषामा मात्र)

सावधानी

सवारी साधनभित्रको आश्रयस्थलमा कर्मचारीहरू नियमित रूपमा बस्ने गर्दैनन्। तर, लामो समयसम्म आश्रय लिनुपर्ने अवस्था भएमा आवश्यक राहत सामग्री उपलब्ध गराइनेछ।
त्यहाँ २४ घण्टा प्रयोग गर्न सकिने शौचालय उपलब्ध छ।गाडीमा बसेर आश्रय लिनु कतिपय अवस्थामा धेरै जोखिमपूर्ण हुन सक्छ, त्यसैले समयमै सुरक्षित स्थानमा जाने प्रयास गर्नुहोस्।

साथै, आफ्नो स्वास्थ्यको विशेष ध्यान राख्नुहोस्। विपद्को समयमा निम्न स्वास्थ्य समस्याहरू हुन सक्छन्:

  • इकोनोमी क्लास सिन्ड्रोम    लामो समयसम्म एउटै आसनमा बसिरहनुपर्दा हुने समस्या।
  • लू लाग्ने / गर्मीका कारण हुने स्वास्थ्य समस्या   गाडीभित्रको तापक्रम र आर्द्रताको उचित व्यवस्थापन आवश्यक हुन्छ।
  • कार्बन मोनोअक्साइड विषाक्तता   इन्जिन वा एयर कन्डिसनर चलिरहँदा विशेष गरी खतरनाक हुन सक्छ।

Foreign Languages (外国語)