ページの先頭です。 メニューを飛ばして本文へ
現在地 トップページ > Foreign Languages (外国語) > प्राकृतीक प्रकोप द्वारा ऊत्पन्न आपत्कालीन अवस्थामा जारी गरिने स्थानान्तरण सम्बन्धी

本文

प्राकृतीक प्रकोप द्वारा ऊत्पन्न आपत्कालीन अवस्थामा जारी गरिने स्थानान्तरण सम्बन्धी

ページID:0099105 更新日:2026年10月16日更新 印刷ページ表示

आँधीबेहरी वा भुकम्प जस्ता प्राकृतिक विपद आउन सक्ने अवस्था मा ताकासाकी नगरपालीकाले खतराको स्तरअनुसार तीन चरणमा विभाजन गरी नागरिकहरूलाई सुरक्षित स्थानमा जान सूचना जारी गर्दछ।

पहीले चरण - ज्येष्ठ नागरिक हरूका लागि सुरक्षीत स्थानमा स्थानान्तरण 

ताकासाकी नगरपालीकाले प्राकृतीक प्रकोप आऊन सक्ने सम्भावीत क्षेत्रमा चाँडै सुरक्षीत स्थानमा भाग्नकालागी पुर्व तैयारी वा ज्येष्ठ नागरीकहरुलाई सुरक्षीत ठाँऊमा पुर्व स्थानान्तरणका लागी आव्हान गर्नेछ।कृपया भाग्नकालागी समय लाग्ने ज्येष्ठ नागरीकहरुले समयमै सुरक्षीत आश्रयस्थल वा सुरक्षीत ठाँऊमा भाग्नुहोला। 

दोस्रो चरण - सुरक्षीत स्थानमा भाग्न आदेश 

प्राकृतीक प्रकोपको असर बढी पर्न सक्ने सम्भावीत क्षेत्रका लागी सुरक्षीत स्थानमा स्थानान्तरण हुने आदेश जारी गरीनेछ। ऊक्त आदेश जारी गरीएको खण्डमा तत्कालै सुरक्षीत आश्रयस्थल वा सुरक्षीत स्थानमा भाग्नुहोला यद्दपी सुरक्षीत स्थानमा जानको लागी पनी खतरा भएमा घर भित्रको सुरक्षीत स्थानमा जानुहोला। 

तेस्रो चरण-आपत्कालीन अवस्थामा सुरक्षाको सुनिश्चितता

विपद् आइसकेको वा नजिकिँदै गरेको क्षेत्रका बासिन्दाहरूलाई तुरुन्तै आफ्नो सुरक्षाको सुनिश्चित गर्न सूचना जारी गरिन्छ।यसर्थ तुरुन्तै सुरक्षित स्थानमा जानुहोस्।आफ्नो जीवन बचाउन तत्काल आवश्यक कदम चाल्नुहोस्।ध्यान दिनुहोस्ला यो चरणमा विपद आइसकेको हुन सक्छ। त्यसैले सकेसम्म चाँडो आफ्नो जीवनको सुरक्षा गर्नुहोला।

विपदका लागि विशेष टेलिफोन सेवा 

विपदको समयमा आफैँ सुरक्षित स्थानमा जान नसक्ने व्यक्तिहरूले ताकासाकी नगरपालीकाको विपद व्यवस्थापनका लागि विशेष टेलिफोन सेवामा सम्पर्क गर्नसक्नुहुनेछ। 
टेलिफोन नम्बर: 027-321-5000
आवश्यक परेको अवस्थामा यस नम्बरमा फोन गर्नुहोला। 


Foreign Languages (外国語)